जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर, ९ भदौ । कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उहाँको घर भत्काएको हो । सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताउनुभयो । उहाँका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न नष्ट भएको छ । हात्तीले घरभित्रको खाद्यान्न खानुका साथै घर भत्काएपछि भाट परिवारको विचल्ली भएको छ । ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीका अनुसार यही भदौ ४ गतेदेखि जङ्गली हात्ती बस्तीमा छिर्न सुरु गरेका हुन् । हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धानबाली, मकैबालीमा हात्तीले क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर क्षेत्रफलमा लगाइएको नेपियर घाँस खाएर सखाप पारेको जोशीले बताउनुभयो । “यहाँ उत्पादित अम्रिसोबाट कुचो तयार गरी बेच्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “वर्षमा अम्रिसोबाट मात्रै रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो, हात्तीले पूरै खेतीमा क्षति पु¥याएको छ ।” सामुदायिक वनको आम्दानी गुमेको उहाँले बताउनुभयो । सचिव जोशीका अनुसार बस्तीमा जङ्गली जनावर छिर्न नदिनका लागि लगाइएको मेसवायर हात्तीले ठाउँठाउमा तोडेको छ । सामुदायिक वनको अम्रिसो खाँदै हात्ती बस्तीमा छिर्ने गरेको स्थानीय मदन नेपालीले बताउनुभयो । “हात्ती नियन्त्रणका लागि माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सरोकार भएका निकायले अहिलेसम्म चासो दिएका छैनन् ।” तत्काल हात्ती नियन्त्रणको पहल गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »