मन्त्री शाहीद्वारा कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यान्वयन निर्देशन

काठमाडौँ, १२ भदौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन प्रतिबद्ध रूपमा कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि आज उहाँले प्रतिबद्ध भएर कार्यन्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिनुभएको हो ।

मन्त्री शाही र सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच तथा सचीव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच आज कार्यसम्पादन सम्झौता भएको हो । “प्रधानमन्त्रीसँग सम्झौता भएको कार्यसम्पादन कार्यन्वयन गर्न म प्रतिबद्ध रूपमा लाग्ने छु, “मन्त्री शाहीले भन्नुभयो, “मन्त्रालय र हामीबीच भएको कार्यसम्पादन सम्झौता कार्यन्वयन गर्न तपाईंहरू पनि कटिबद्ध भएर लाग्नुस् ।” आगामी कार्यसम्पादनको मुल्याङ्कन ९० प्रतिशत अङ्कभार प्राप्त गर्ने गरी कार्यन्वयनमा लाग्न मन्त्री शाहीले सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिनुभयो ।

उहाँले वन मन्त्रालयमार्फत एक वर्षमा उपलब्धिमूलक काम भएका बताउँदै मन्त्रालयलाई सफल र सक्षम बनाउन विभागीय प्रमुखको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । मन्त्री शाहीले भन्नुभयो, “राम्रो काम गर्नेलाई पुरस्कृत गरौँ । काम गर्ने क्रममा बाधाअड्चन वा समस्या देखिए एकापसमा छलफल गरी समाधान निकालौँ ।” उहाँले सुखी नेपाली समृद्धि नेपालको परिकल्पनासहित जनताका चाहनाअनुसार विकास निर्माणमा सबैले हातोमालो गरी अघि बढ्न आग्रह गर्नुभयो ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »