जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिशिर परियारविरुद्ध चोरी (मोटरसाइकल चोरी) मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दा नं. ०८१–ऋ१–०३०६ मा सुरुमा रु. १ लाख धरौटी माग गरिएको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार कार्यालय भीमफेदी चलान भएका थिए।

पछि मिति २०८२ पुस १४ गते अदालतबाट भएको अन्तिम फैसलाअनुसार परियारलाई १ वर्ष ३ महिना कैद सजाय तोकिएको थियो। उनी उक्त सजाय भुक्तान गरिरहेका बेला जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागी फरार भएका थिए।

फरार प्रतिवादीको खोजतलासलाई तीव्र बनाएको प्रहरीले विशेष सूचनाका आधारमा लुकीछिपी बसेको अवस्थामा हेटौँडा बसपार्क क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आन्दोलनका क्रममा फरार भएका व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको बताए। उनका अनुसार कानुनी कारबाहीबाट बच्न लुकीछिपी बसेका फरार व्यक्तिहरूलाई एक–एक गरेर नियन्त्रणमा लिने अभियानलाई प्रहरीले थप प्रभावकारी बनाएको छ।

प्रहरीले अदालतबाट सजाय तोकिएका तथा फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

Read More »