धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा धारिलो हतियार (टाप) प्रहार गरेका थिए। उक्त आक्रमणबाट तामाङ गम्भीर घाइते भएका छन्। घटनालगत्तै अभियुक्त फरार भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले तीव्र खोजतलास अभियान सञ्चालन गरेको थियो।

अनुसन्धान तथा सूचनाका आधारमा प्रहरीले बुधबार बिहान करिब २ बजे अभियुक्त सविन नेपालीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउका क्रममा घटनामा प्रयोग भएको धारिलो हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । यसका लागि मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

Read More »

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलअन्तर्गत स्विट्जरल्याण्डले अल्जेरियालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित

Read More »

रास्वपाले सांसदहरुलाई ‘डिजिटल प्लेटफर्म’बारे अभिमुखीकरण गराउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको ‘आरएसपीइआरएस’ नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ

Read More »

महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

काठमाडौं : रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ। जिल्ला

Read More »