महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

काठमाडौं : रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका संयुक्त टोलीले छुट्टाछुट्टै घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा हाटबजारमा भीडभाडको मौका छोपी एक महिलाको घाँटीबाट गणेश भगवान्को लकेटसहितको सुनको सिक्री तानेर फरार हुने बाराको बारागढी गाउँपालिका–३ शिवपुराका २५ वर्षीय विकास रायलाई इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले पक्राउ गरेको हो। उनको साथबाट १० ग्राम ८३० मिलीग्राम तौलको एक थान सुनको सिक्री बरामद भएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ।

यस्तै, असार १० गते रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलस्थित चाँदनी मार्गमा पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट मोटरसाइकलमा आएका व्यक्तिले सुनको सिक्री लुटेर फरार भएका थिए। घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले थप चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको गोरखपुर निवासी ३२ वर्षीय राहुल जयसवाल, भारतको महाराजगन्ज निवासी २२ वर्षीय प्रिन्स जयसवाल, भारतको बिहार निवासी ३० वर्षीय नितेशकुमार गुप्ता तथा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ निवासी ३२ वर्षीय प्रदीप कान्दु रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट २२.२२ ग्राम तौलको एक थान सुनको सिक्री, नौ ग्राम तौलको अर्को एक थान सुनको सिक्री तथा लु५७प २४३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। प्रहरीले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। उनीहरू अन्य स्न्याचिङ घटनामा समेत संलग्न भए/नभएको विषयमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

Read More »

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलअन्तर्गत स्विट्जरल्याण्डले अल्जेरियालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित

Read More »

रास्वपाले सांसदहरुलाई ‘डिजिटल प्लेटफर्म’बारे अभिमुखीकरण गराउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको ‘आरएसपीइआरएस’ नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ

Read More »

महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

काठमाडौं : रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ। जिल्ला

Read More »