रास्वपाले सांसदहरुलाई ‘डिजिटल प्लेटफर्म’बारे अभिमुखीकरण गराउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको ‘आरएसपीइआरएस’ नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।

रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । सांसदहरूबीच भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै प्रविष्ट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यमबाट गुनासा तथा सुझाव दर्ता गर्न सक्ने, ती गुनासाको ट्र्याकिङ हुने र सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने सुविधा समेत प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ ।

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

Read More »

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलअन्तर्गत स्विट्जरल्याण्डले अल्जेरियालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित

Read More »

रास्वपाले सांसदहरुलाई ‘डिजिटल प्लेटफर्म’बारे अभिमुखीकरण गराउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको ‘आरएसपीइआरएस’ नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ

Read More »

महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

काठमाडौं : रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ। जिल्ला

Read More »