शैक्षिक उन्नयनमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौँ, १२ भदौ । पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा एक निजी अस्पतालको शुभारम्भ गर्दै उहाँले भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने बताउनुभएको हो । पूर्वराष्ट्रपति डा यादवले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भएको बताउनुभयो । “विस २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगेका छन्, तर स्वास्थ्य उपचारमा भने अहिलेपनि सन्तुष्ट हुने ठाउँ छैन,” उहाँले भन्नुभयो ।

उहाँले स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्ता अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पताललाई व्यवसायीक रूपमा मात्र नभई समाजसेवाको क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पु¥याउन नसकिएको बताउनुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा जस्ता समस्या थिए हालसम्म पनि त्यस्तै समस्या रहिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेता केसीले दिनप्रतिदिन दक्ष चिकित्सक विदेशीने क्रम बढेको भन्दै त्यसलाई रोक्नका लागि राज्यले ठोस कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस नुवाकोटका पूर्वसभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले काठमाडौँको उत्तरी क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्ने बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ६ प्रदेख (ख)का सांसद इन्जिनीयर अमन मास्के, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका निवर्तमान प्रमुख रामेश्वर बोहरा, तारकेश्वर वडा नं १० का वडाअध्यक्ष कुमार राईलगायतले अस्पतालले तारकेश्वरबासीलाई विशेष सहुलियत दिएर उपचार गराउन आग्रह गर्नुभएको थियो । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा केदारनरसिंह केसीले अस्पतालमा उपचारका लागि आएका बिरामी आर्थिक अभावका कारण फर्कनुनपर्ने बताउनुभयो । रु १५ करोडभन्दा बढी लगानीमा तारकेश्वर नगरपालिका–१० मा सञ्चालित उक्त अस्पताल हाल २४ शय्यामा सञ्चालनमा रहेको छ ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »