प्रतिनिधिसभा बैठकः उखु किसानका माग समयमै पूरा गर्न आग्रह

काठमाडौँ, १३ भदौ । सांसदहरुले माइतीघरमा आन्दोलनरत उखु किसानका माग समयमै पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँहरुले उखु किसानको मनोबल वृद्धि गर्न उनीहरुको माग पूरा गर्नुपर्ने र वार्ताको वातावरण तय गर्नुपर्नेमा जोड दिनुभएको हो । सांसद गणेश पराजुलीले उखु किसानका माग समयमै सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले लिम्पियाधुरा नेपालकै रहेको प्रमाण रहेको उल्लेख गर्दै लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको बताउनुभयो । उहाँले यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद ज्ञानबहादुर शाहीले लिपुलेक र लिम्पियाधुराको विषयमा संयुक्त राष्ट्रसङ्घमा कुरा उठाउनुपर्ने बताउनुभयो । उहाँले उखु किसानको अनुदान घटाइएको भन्दै उनीहरुको माग समयमै सम्बोधन गर्न आग्रह गर्नुभयो ।

सांसद नारायणप्रसाद साउदले पनि उखु किसान अन्यायमा परेको भन्दै उनीहरुको बक्यौता रकम समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । सांसद अच्युतप्रसाद मैनालीले वन्यजन्तुको आक्रमणका कारण मानवीय क्षति तथा अन्नबाली क्षति भएको जिकिर गर्दै मानव–वन्यजन्तु द्वन्द्व घटाउन पहल गर्न सरकारलाई आग्रह गर्नुभयो । “बाघको सङ्ख्या बढे पनि बासस्थान चुनौती बनेको छ । बाघ बढेसँगै सर्वसाधारण आक्रमणमा परेका छन् । वन्यजन्तुको बासस्थान व्यवस्थित गर्नुपर्छ,” उहाँले भन्नुभयो । सांसद देवेन्द्र पौडेलले उखु किसानको अनुदान कटौती गर्न नहुनेमा जोड दिनुभयो । “किसानले अनुदानमा मल पाउने कुरालाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,” उहाँले भन्नुभयो । सांसद कृष्णकुमार श्रेष्ठले वन्यजन्तुले आक्रमण गर्न थालेपछि सर्वसाधारण सुरक्षित नरहेको भन्दै वन्यजन्तु नियन्त्रणमा सरकारले चासो नदिएको गुनासो गर्नुभयो । सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले गरेको तोडफोडविरुद्ध कबाडी व्यवसायी आन्दोलनरत रहेको उल्लेख गर्दै उनीहरुलाई वार्तामा बोलाएर माग सम्बोधन गर्न आग्रह गर्नुभयो । सांसद प्रभु हजराले वीरगञ्जमा हैजा प्रकोप फैलिरहेको भन्दै समयमै त्यसको नियन्त्रण गर्न जोड दिनुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले किसानले गत वर्ष पाउनुपर्ने करिब रु एक अर्ब ५० करोड भुक्तानी पाउन नसकेको जिकिर गर्दै आन्दोलनरत किसानका माग पूरा गर्न सरकार तत्पर रहनुपर्नेमा जोड दिनुभयो । सांसद प्रभु साहले कबाडी व्यवसायी र उखु किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद ठाकुरप्रसाद गैरेले ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाअन्तर्गत सुविधा लिने नागरिक बायोमेट्रिकका लागि वडा कार्यालय धाए पनि ‘सर्भर डाउन’ भएको भन्दै उनीहरुले दुःख पाइरहेको बताउनुभयो । “त्यस्ता अशक्त नागरिकहरु चार दिनसम्म वडा कार्यालय धाउँदा पनि काम नभएको पाइयो, उनीहरुलाई घर–घर गएर सुविधा दिनुपर्छ,” उहाँले भन्नुभयो । सांसदहरु किरणकुमार साह, सूर्यमान तामाङ (दोङ) र शेरबहादुर कुँवरले पनि उखु किसानका माग सम्बोधन गर्नुपर्नेलगायत अन्य समसामयिक विषयमा धारणा राख्नुभयो ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »