रसुवागढीमा सुख्खा पहिरोः एक घाइते, भवनमा क्षति

रसुवा, १५ साउन । रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिराका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका—२ का करिब १९ वर्षीय विमलदास थारू सुख्खा पहिरोमा परी घाइते हुनुभएकोे हो ।

टाउको र छातिमा गम्भीर चोट लागेका उहाँको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुख्खा पहिराले गत असार २४ पछि सडक अवरूद्व भएको छ । यसैगरी गढी इलाकामा रोकिएका स्काभेटर, ट्रयक्टर, कन्टेनर, स्कारपियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।

सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ । हिमताल फुटेर ल्हेन्देखोलामा आएको बाढीबाट त्रसित यहाँका स्थानीय, व्यावसायी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मी, मजदूर र पैदलयात्रुले समेत सुख्खा पहिरोका कारण पुनः असुरक्षित हुनुपरेको गुनासो गरेका छन् । यसैगरी सुख्खा बन्दरगाह क्षेत्रसहित रसुवागढी आसपासमा रहेका चारपाङ्ग्रे सवारीसाधनमा पहिरोले क्षति पु¥याउन सक्ने भन्दै समयमै उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »