प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण

मोरङ, १६ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक सेवा आयोगले आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन आज बुझाएको छ । प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले छैटौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभयो । प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको सार्वजनिक प्रशासन सेवा सञ्चालनका निम्ति आयोगले गर्दै आएका काम कारबाहीप्रति जनताको विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले आयोगले गर्र्ने दरखास्त आव्हान, परीक्षा, उम्मेद्वार छनोटलगायत सम्पूर्ण क्रियाकलापप्रति जनताको भरोसा रहेको स्पष्ट पार्नुभयो ।

प्रमुख खापुङले नेपालको संविधान र ऐन, कानुनअनुसार आयोगले समावेशी, योग्य, दक्ष, इमानदार र अनुभवी कर्मचारीको सिफारिश गर्ने गरेकामा प्रशंसा गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गरी जनतालाई सेवा गर्न सक्ने कर्मचारी प्रतिस्पर्धामार्फत छनोट गर्न सुझाव दिनुभयो । सो अवसरमा आयोगका अध्यक्ष गुरागाईँले आयोगले ५७० पदका लागि ५५२ जना उम्मेद्वार सिफारिश गरिएको मध्ये प्रदेशगत रूपमा कर्णाली प्रदेशबाट सबैभन्दा बढी ३४.६ प्रतिशत सिफारिश भएको जानकारी दिनुभयो ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »