सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

विराटनगर, १७ भदौ । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो ।

बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ ।

ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस्वरूप प्रयोग गरिन्छ । डुबानको प्रत्यक्ष जोखिम नभए पनि सतह लगातार बढिरहेकोले सप्तकोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । तर, कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

यसैबीच, लगातारको वर्षाका कारण सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । सोमबार थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा पस्दा पाँच घर पूर्ण रूपमा बगाएको छ भने थप छ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

बाढीका कारण बिजुलीका पोल भत्किँदा विद्युत् आपूर्ति र सञ्चार सेवा समेत अवरुद्ध भएको छ । हाल पनि अविरल वर्षा भइरहेकोले थप क्षतिको सम्भावना कायमै रहेको र थामे क्षेत्रसहित तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »