‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’बाट मात्रै प्रदेशको समृद्धि सम्भव छ : मन्त्री डा. देवकोटा

हेटौंडा, १७ भदौ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता औंल्याएका हुन् । उनले केवल औपचारिकता निभाउने र पुरानै ढर्रामा काम गर्ने प्रवृत्तिले जनतामा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकिने स्पष्ट पारे ।

“हामीले अब टिप्पणी उठाएर र फाइल सदर गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने मानसिकता त्याग्नुपर्छ,” मन्त्री देवकोटाले भने, “हाम्रो हरेक काम जनताले प्रत्यक्ष देख्ने र अनुभव गर्ने गरी परिणाममा देखिनुपर्छ । यसका लागि स्मार्ट तरिकाले काम गर्नुको विकल्प छैन ।” मन्त्री देवकोटाले कुनै पनि ठूलो लक्ष्य एक्लै हासिल गर्न नसकिने बताउँदै मन्त्रालयका विभिन्न महाशाखा, विभाग र कर्मचारीहरूबीच बलियो ‘टिमवर्क’को खाँचो रहेको बताए । “एउटा व्यक्ति वा एउटा निकाय मात्र दौडेर हुँदैन । जबसम्म हामी सबै एउटै टोलीको रूपमा समन्वयका साथ अघि बढ्दैनौँ, तबसम्म नतिजा आउँदैन,” उनले भने ।

परिवर्तन र विकासका लागि नवीन सोच र गतिशील कार्ययोजना अपरिहार्य रहेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा विकास भइरहेका नयाँ प्रविधि र अवधारणालाई प्रदेशको विकासमा जोड्नुपर्ने धारणा राखे । उनले योजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्नसमेत निर्देशन दिए । गोष्ठीमा विगतका कामको समीक्षा गर्दै आगामी वर्षका लागि थप स्पष्ट, रणनीतिक र कार्यान्वयनयोग्य योजना निर्माणमा केन्द्रित हुन आग्रह गर्दै उनले छलफलबाट आउने निष्कर्षले प्रदेशको पूर्वाधार विकासमा नयाँ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव ईश्वरीचन्द्र मरठ्ठाको अध्यक्षतामा भएको दुईदिने (भदौ १७ र १८) गोष्ठी कार्यक्रममा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माघव कार्की र शहरी योजना तथा वस्ती विकास विज्ञ डा. संगिता सिंहले सहजीकरण गर्नेछन् । कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नविनकुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन कार्यालयका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »