७ दिनमा २३१ नयाँ डेंगु सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्ला दिनमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।  सात दिनको अवधिमा मात्रै २ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्लो गएका २४ घण्टामा ३७ जनामा डेंगु पुष्टि भएको छ । हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ ।

देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको दिएको छ । देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ । ईडीसीडीको आंकडामा सात प्रदेश मध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमित पुष्टि भएको  छ । गण्डकी प्रदेश १ हजार २८, बागमती प्रदेश ७८३, लुम्बिनी प्रदेश ६४९ र कोशी प्रदेश ६२७ सङ्क्रमित पुगेका छन् । पछिल्लो सात दिनमा भने बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू (जस्तै गमला, टायर, खाली भाँडाकुँडा) सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »