७ दिनमा २३१ नयाँ डेंगु सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्ला दिनमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।  सात दिनको अवधिमा मात्रै २ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्लो गएका २४ घण्टामा ३७ जनामा डेंगु पुष्टि भएको छ । हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ ।

देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको दिएको छ । देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ । ईडीसीडीको आंकडामा सात प्रदेश मध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमित पुष्टि भएको  छ । गण्डकी प्रदेश १ हजार २८, बागमती प्रदेश ७८३, लुम्बिनी प्रदेश ६४९ र कोशी प्रदेश ६२७ सङ्क्रमित पुगेका छन् । पछिल्लो सात दिनमा भने बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू (जस्तै गमला, टायर, खाली भाँडाकुँडा) सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »