ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवालिन बिमाकै भर

चितवन, १८ भदौ । गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ । सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत उपचार पाउँछन् । त्यसो त ज्येष्ठ नागरिकले बिमा शुल्कको प्रिमियम (साझेदारी) रकम बुझाउनुपर्दैन । भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार साउन महिनामा ८० वर्ष कटेका एक हजार ९८२ पटक ज्येष्ठ नागरिकले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये एक हजार ७७६ पटक स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका हुन् ।

यो प्रतिशतको हिसाबले ८९ प्रतिशत हुन आउँदछ । सोही महिना ६० देखि ७९ वर्ष उमेरसम्मका १३ हजार ६५२ पटक उपचार लिएकोमा ८६ प्रतिशतअर्थात् ११ हजार ९२७ पटक स्वास्थ्य बिमाका रहेका छन् । अस्पतालमा साउन महिनामा ६० हजार ४७२ पटक बिमामार्फत उपचार सेवा दिईएको छ । अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी हुने गरेका छन् । पौडेलका अनुसार मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, प्रोष्ट्रेड, थाइराइडलगायतका हुने गरेका छन् । स्वास्थ्य बिमामा नजोडीएका बाँकी ज्येष्ठ नागरिकलाई पनि सेवामा जोड्नुपर्ने पौडेल बताउनुहुन्छ ।

यसबाट विपन्न नागरिकले निःशुल्क सेवा पाउँदा उपचारबाट वञ्चित हुनुपरेको छैन । भरतपुर अस्पतालको औषधि वितरण कक्ष (फार्मेसी)बाट औषधि लिएर फर्कदै गर्नुभएका हरिप्रसाद सिग्देल बुबाका लागि औषधि लिन आउनुभएको हो । ९३ वर्षीय बुबा प्रेमनाथ सिग्देल उपाध्यायको नियमित प्रयोग हुने औषधि छोराले लिएर जाँदै हुनुहुन्थ्यो । बुबाको स्वास्थ्यमा समस्या देखिए मात्र ल्याउने गरेको भन्दै उहाँले अन्य समयमा आफूले आएर औषधि लैजाने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिमाका कारण निकै सहज भएको छ ।” औषधि सकिँदा पैसा नभएर खरिद गर्न जान पाइन्न भन्ने समस्या नहुने गरेको उहाँले बताउनुभयो । हरेक महिना रु सात हजारको औषधि बिमामार्फत लैजाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पैसाको समस्या भयो । औषधि खान पाइन भन्ने समस्या आएको छैन ।” उहाँको बुबाले उच्च रक्तचाप, प्रोष्टेड, दम र ग्याष्टिकको औषधि नियमित खाँदै आउनुभएको छ । अस्पतालमा भरतपुर महानगरपालिका–५ की ७२ वर्षीया केशवती दवाडीका लागि श्रीमान् औषधिको लाइनमा हुनुहुन्थ्यो । उहाँले श्रीमतीको बिमाको कार्ड देखाउँदै भन्नुभयो, “सधैँ आएर औषधि लैजाने गरेको छु ।”

सरकारले बिमामार्फत ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र मासिक भत्ता दिन थालेपछि ज्येष्ठ नागरिक निकै खुसी हुने गरेका छन् । भरतपुर अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पछि छुट्टै बहिरङ्ग सेवा (जेरियाट्रिक ओपिडी) सुरु गरिएको छ । ज्येष्ठ नागरिक बहिरङ्ग सेवाको संयोजन गर्नुभएका डा प्रतीक न्यौपानेका अनुसार ज्येष्ठ नागरिकले अरुसरह उपचार लिँदा लामो समय पालो पर्खनुपर्ने भए पछि यही भदौ १५ गतेबाट छुट्टै बहिरङ्ग सेवा सुरु गरिएको बताउनुभयो । अस्पतालले १६ श्ययाको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालन गरेको छ । यसका अतिरिक्त अन्य वाडहरुमा पनि राखेर ज्येष्ठ नागरिकलाई उपचार गरिँदै आएको छ ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »