झन्डोत्तोलन गर्दै मनाइयो नेपाल रेडक्रस स्थापना दिवस

काठमाडौँ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३औंँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र रेडक्रसको अन्तरराष्ट्रिय समितिका नेपाल प्रमुख सन्देश श्रेष्ठले संयुक्त रूपमा रेडक्रसको झण्डोत्तोलन गर्नुभयो । सो अवसरमा निमित्त निर्देशक विडारीले नेपाल रेडक्रसको उन्नयनका लागि साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवादसहित नेपाल रेडक्रसको संस्थागत विकास तथा सेवामूलक गतिविधिमा सबैबाट निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । नेपाल रेडक्रसले गतवर्ष देशका विभिन्न स्थानमा आएको बाढीपहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४ हजार ९०६ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्री वितरण गरेको थियो । साथै, ५हजार ३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि कूल रु १२ करोड २४ लाख २० हजार नौ सय ४ रुपैयाँ बराबरको नगद सहायता उपलब्ध गराइएको छ ।

आपत्कालीन परिस्थितिको तयारीस्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेले गत एक वर्षमा नेपाल रेडक्रस सोसाइटीले पु¥याएको सेवाका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो । ‘म सेवा गर्छु ’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रसले सरकारको सहयोगीको रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरी सञ्चालन गर्दै आएको छ । कार्यक्रममा आइसिआरसीका नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतको द्वन्द्व, भूकम्प र कोभिड महामारीका बेला नेपाल रेड्क्रस सोसाइटीसँग मिलेर गरिएको सहकार्यको स्मरण गर्नुभयो । विदेशयात्रा, बसाइसराइँ र द्वन्द्वलगायतका कारण व्यक्ति बेपत्ता हुनेक्रम विश्वमा नै बढेकोले नेपालमा आइसिआरसीले नेपाल रेड्क्रससँग मिलेर बेपत्ता व्यक्तिको खोजीमा सहकार्य गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रेडक्रसका युवाप्रतिनिधि सुरजकुमार सिंहले नेपाल रेडक्रसले युवाको नेतृत्व विकासका गतिविधि सञ्चालन गरी युवालाई सहभागी हुने अवसर दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि युवालाई स्थान दिइने अपेक्षा गरिएको बताउनुभयो । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा संस्थामा २५ वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई प्रोत्साहनस्वरुप शैक्षिक सहयोग र प्रशंसापत्र वितरण गरिएको थियो । साथै विश्व रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको फोटो तथा भिडियो प्रतियोगिताका विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । दिवसकै अवसरमा आज रेड्क्रसको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी कर्मचारी कल्याण कोषका सभापति अमरमणी पौडेलले कोषमा रहेको रकमको उचित व्यवस्थापन गरिएको बताउनुभयो ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »