सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गर्नुपर्नेमा जोड

काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा जवाफ दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारका सबै स्वास्थ्य सेवा कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डमा एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गरेमा सस्तो, सर्वसुलभ र विपन्नलाई निःशुल्क उपचार सुनिश्चित गर्न सकिने उहाँले बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले विभिन्न शीर्षकमा स्वास्थ्य उपचार खर्च विनियोजन भए पनि अपेक्षित परिणाम नआएकाले सम्पूर्ण कार्यक्रम स्वास्थ्य बिमा बोर्डमा समेट्नुपर्ने धारणा राख्नुभयो । सामाजिक सुरक्षा कोष र सञ्चयकोषमार्फत खर्च भएको रकम पनि बिमा बोर्डमा गाभिनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री पौडेलले चालु आवदेखि नसर्ने रोग, मानसिक स्वास्थ्य समस्यालगायत विषयमा समुदायस्तरबाट ‘स्क्रिनिङ’ गरी समयमै रोग पहिचान, रोकथाम, नियन्त्रण र सचेतना बढाउने कार्यक्रम अघि बढाइने जानकारी गराउनुभयो ।

उहाँले बढ्दो व्यक्तिगत व्ययभार कम गर्न स्वास्थ्य सेवा व्यवस्थापन, उपचार, पुनःस्थापना र प्रशामक सेवामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ्यका विशिष्ट जनशक्ति व्यवस्थापनमा कमजोरी रहेको उल्लेख गर्दै उहाँहरूको दक्षता अभिवृद्धि, उचित निर्वाह भत्ता र उत्पादन वृद्धि गर्न लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले यस वर्ष दुई हजार ५०० जनशक्ति थप गर्ने र सरकारी अस्पताललाई ५०० शय्यामा विस्तार गरी क्षमता बढाइने जानकारी दिनुभयो ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »