समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), २० भदौ । गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजिक निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा एवं १५औँ अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाको लागत बढेको बताउनुभयो । “निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ,” उहाँले भन्नुभयो, “निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ ।” उहाँले कुनै पनि सार्वजनिक काममा अशान्ति हुन नहुने उल्लेख गर्दै देशभरिका विकास निर्माणका काममा चन्दा असुली गर्ने, धम्क्याउने जस्ता गतिविधि सरकारले सहन गर्न नसक्ने बताउनुभयो । पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमै काम हुन नसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्नेमा गृहमन्त्री लेखकले जोड दिनुभयो ।

“भौतिक पूर्वाधारका काममा गुणस्तरीयता आवश्यक छ, गुणस्तरीय काम हुन सकेन भने राज्यको अर्थको अपवेय हुन्छ, नागरिकले ठीक ढङ्गले सेवा लिन सक्दैनन,” गृहमन्त्री लेखकले भन्नुभयो, “समयमै काम सम्पन्न नहुँदा आयोजनाको मूल्य बढ्दै गएको छ, अहिले एउटै आयोजनाको २०० प्रतिशतसम्म मूल्य अभिवृद्धि भएको छ ।” यसमा निर्माण व्यवसायी मात्रै दोषी नभएको उहाँको भनाइ थियो । गृहमन्त्री लेखकले राष्ट्रिय निर्माण क्षमताको अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । विकास निर्माण र भौतिक निर्माणको क्षेत्रमा काम गर्ने सबै निकायलाई राम्रो गर्दै जार्नुपर्ने उहाँले बताउनुभयो । “सरकारी निकायको पनि पूर्ण रुपले क्षमता वृद्धि भएको छैन,” उहाँले भन्नुभयो, “सरकारी र गैरसरकारी निर्माणसँग सम्बन्धित संस्थाहरुको क्षमता वृद्धि भए मात्रै राष्ट्र निर्माणको आधार तयार गर्न सकिन्छ ।”

वर्तमान सरकारको प्राथमिकतामा नीतिगत सुधार, कानुनी सुधार, सुशासन र दण्डहीनताको अन्त्य गरी विकास निर्माणलाई द्रुतगतिमा अगाडि बढाउने रहेको गृहमन्त्री लेखकले बताउनुभयो । वर्तमान सरकार अर्थतन्त्रलाई लयमा ल्याउने उद्देश्यका साथ काम गरिहेको उहाँको भनाइ थियो । “यो सबै कुराको पूर्वसर्त स्थायी सरकार हो, त्यसकारण दुई ठूला पार्टी मिलेर स्थायी सरकार बनेको छ,” उहाँले भन्नुभयो, “अहिलेको सरकारले नीतिगत र कानुनी सुधारलाई प्राथमिकताका साथ काम गरिरहेको छ ।” निर्माण व्यवसायीहरुलाई निर्धक्कसँग विकास निमार्णका काम गर्न गृहमन्त्री लेखकले आग्रह गर्नुभयो । वर्तमान सरकारले निर्माण व्यवसायीहरुलाई वर्षौँदेखि तिर्न बाँकी रहेको रु ३५ अर्ब रकम भुक्तानी गरिरहेको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »