चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणले गति लिएन

गोदावरी (कैलाली), २० भदौ। कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणका लागि सम्झौता भएको छ वर्ष बितिकेको छ, तर यहाँ कामले गति लिन सकेको छैन । ठेकेदारको लापरबाहीका कारण सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत अन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम सुस्त छ । भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्ण मन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अढाइ किलोमिटर सडक निर्माणका लागि विसं २०७७ भदौ १८ मा एड्भेञ्चर गेगिङ सन्लाइट जेभिसँग रु पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटकपटक म्याद थप गरिए पनि काम हुन नसकेको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाहीले बताउनुभभयो ।

छ वर्ष बितिसक्दा पनि सडक निर्माणमा ढिलाइ भएपछि यातायातका साधन सञ्चालन र दैनिक आवागमनमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । पूर्वाधार कार्यालय धनगढीले उक्त सडक निर्माणको काम सम्पन्न नहुँदा चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत थप तीन किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन । यो सडक निर्माणका लागि विसं २०७९ चैत १८ मा १८ महिनामा काम सुक्ने गरी तेडी निर्माण सेवासँग रु पाँच करोड ७६ लाख भ्याटबाहेक ठेक्का सम्झौता भएको थियो । चौकीडाँडा–ओलानी–फल्टुडे सडकको काम क्रमागत योजनाअन्तर्गत अघि बढे पनि कामले गति लिन नसकेपछि स्थानीय आक्रोशित छन् । गोदावरी नरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले सडक निर्माणका लागि सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने बताउनुहुन्छ ।

सम्झौताअनुसार काम अगािड नबढेपछि स्थानीय जनप्रतिनिधि सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । काम अगाडि बढ्नुपर्ने मागसहित वडा नं ३, १०, ११ र १२ का जनप्रतिनिधिले सडकमै वडा कार्यालय राखेर साङ्केतिक विरोधसमेत जनाएको गोदावरी नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद भट्टले बताउनुभयो । वडाध्यक्षहरूले चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारणच काम अगाडि नबढेको भन्दै सडकबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । गोदावरी नगरपालिकाको वडा नं १०, ११ र १२ मा २० हजारभन्दा बढी मानिसको बसोबास रहेको छ । यो सडक अत्तरियादेखि फल्टुडे पुग्ने भीमदत्त लोकमार्गभन्दा छोटो छ । यो सडक बनेपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »