एमाले विधान महाधिवेशन : बहस नोट कमिटी संयोजकमा सचिव लेखराज भट्ट

काठमाडौं, भदौ २१ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूले राख्ने विचारलाई व्यवस्थित रूपमा सङ्कलन गर्ने उद्देश्यले सात सदस्यीय बहस नोट कमिटी गठन गरिएको छ।

कमिटीको संयोजकमा पार्टीका सचिव लेखराज भट्टलाई तोकिएको छ भने सदस्यहरूमा स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य जुली महतो, विष्णु रिजाल, नीरज आचार्य र विष्णुमाया विक रहनुभएको छ ।

पार्टीले बहसका क्रममा उठ्ने धारणा र सुझावलाई औपचारिक प्रतिवेदनका रूपमा सुरक्षित गर्न यस्तो कमिटी गठन गरेको हो । एमालेको विधान महाधिवेशन साधारण अधिवेशनभन्दा फरक प्रकृतिको हुन्छ। यसमा सङ्गठनात्मक संरचना, विधान संशोधन, कार्यशैली, आचारसंहिता र नेतृत्व चयन प्रक्रियासम्मका विषय गहिरो बहसको एजेन्डा हुन्छन्। यही कारणले यसलाई पार्टीभित्रको ‘आन्तरिक संविधानसभा’ पनि भनिन्छ।

अहिले भइरहेको महाधिवेशनको समूह छलफलमा संघीय संरचनाअनुसार सङ्गठनात्मक संरचना कस्तो हुने, केन्द्र–प्रदेश र स्थानीय तहबिचको सम्बन्ध कसरी तय गर्ने, निर्णय प्रक्रियामा सामूहिकताका मापदण्ड के हुने, महिलादेखि युवा र दलितसम्मको प्रतिनिधित्व कसरी सुनिश्चित गर्ने लगायतका प्रश्नमा प्रतिनिधिहरू आ–आफ्नो धारणा राखिरहेका छन्।

यी बहसलाई समेटेर भोलि टोली नेताले समूहको निष्कर्ष हलमा प्रस्तुत गर्नु हुने छ । कमिटीले त्यसलाई नोट गरेर महाधिवेशनको नेतृत्वसमक्ष पेस गर्ने छ । यसरी तयार हुने प्रतिवेदन नेतृत्वलाई अन्ततः विधान संशोधन र कार्यदिशा तय गर्ने प्रक्रियामा आधार बन्नेछ। यही कारणले बहस नोट कमिटीलाई केन्द्रीय महत्त्व दिइएको हो।

कमिटी संयोजकमा सचिव लेखराज भट्टलाई तोकिएको निर्णयलाई पनि पार्टीभित्र अर्थपूर्ण रूपमा लिइएको छ। सङ्गठनात्मक अनुभवसहितका नेता भएकाले भट्टलाई ‘कार्यकर्ता–मुखी’ व्यक्तित्वका रूपमा लिइन्छ। उहाँको संयोजकत्वले पार्टीले अनुभवयुक्त र संस्थागत सोच भएको नेतृत्वलाई महत्त्व दिएको देखिन्छ। कमिटीमा स्थायी कमिटीका वरिष्ठ सदस्यदेखि लिएर युवा पुस्ताका नेता समेत समेटिएको छ । जसले नेतृत्वको सन्तुलित दृष्टिकोण प्रकट गर्छ।

एमाले नेपालकै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी भएकाले पिन यसका आन्तरिक निर्णयहरूले केवल सदस्यहरूलाई मात्र होइन, समग्र मुलुकको राजनीतिक स्थायित्व र नीतिगत दिशालाई पनि प्रभावित गर्दछ । यही कारण बहस नोट कमिटीको कामलाई सामान्य औपचारिकता होइन, गम्भीर राजनीतिक अभ्यासका रूपमा हेरिएको छ। कमिटीले व्यापक बहसलाई निष्पक्ष र तथ्यगत रूपमा प्रस्तुत गर्न सकेमा पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने सहयोग गर्ने छ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »