कैलालीको जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाखभन्दा बढीको क्षति

काठमाडौँ । कैलालीको लम्कीमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका-१ स्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एन्ड सप्लायर्समा आज बिहान २:४० बजे आगलागी भएको थियो ।

आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

लम्की निवासी कल्पना जैसीले सञ्चालन गरेको गोदाममा रहेका सबै जुत्ताचप्पल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै पनि मानवीय क्षति भने भएको छैन ।

गोदाममा कोही पनि नबस्ने भएकाले आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »

जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ

हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५

Read More »

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को

Read More »

सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर

Read More »