इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर, २२ भदौ । इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमाको दिन भक्तपुरको सिद्धपोखरीमा अर्थात् इन्द्र दहमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । इन्द्र जात्राको दिन शनिबार साँझ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई विमान खटमा राखेर नगर यात्रा गर्दै सिद्धपोखरी पु¥याएर तान्त्रिक विधिपूर्वक पूजागरी दिपावली गर्दै रातभर मेला सुरु गरिएको हो । आज बिहानै इन्द्र दह अर्थात् सिद्धपोखरीमा स्नानगरी इन्द्रको पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।

सिद्धपोखरी निर्माण गराइ देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकका रुपमा लिने भएकाले स्थानीयले यस पोखरीमा स्नानगरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ । भक्तपुरका अधिकांश स्थानीयको कुलदेवतासमेत रहेको सिद्धपोखरी परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन् । यस पोखरीमा वासुकी नाग रहेकोसमेत जनविश्वास रहँदै आएको छ । त्यसैले पनि पोखरीमा वासुकी नागलाईसमेत पूजा गरिन्छ । जल वृष्टिका लागि तान्त्रिक विधिअनुरुप वासुकी नागको पूजा गर्ने प्रचलन रहँदै आएको छ । आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दहसमेत रहन गएको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्द्रलाई वर्षात् र युद्धको देवताका रुपमा मानिने चलन रहेको छ, भगवान् कृष्ण र इन्द्रको द्वन्द्वमा कृष्ण जनताका पक्षमा रहेको र इन्द्र राजाका पक्षमा रहेको देखाएको छ ।” कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड आँैलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा पनि यो जात्रा मनाइने गरेको उहाँको भनाइ छ । राजतन्त्रको पराजय र जनताको विजयीका रुपमा पनि यो जात्रा मनाइने गरेको उहाँले बताउनुभयो ।

‘नेपाली ब्रो’ र प्रेमिका प्रतिक्षालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतिक्षा आचार्यलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं

Read More »

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका

Read More »

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »