महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसाद रहेका छन्।

प्रहरीका अनुसार निसादले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडियो तथा तस्बिरहरूको दुरुपयोग गरी ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनले ती सामग्रीहरू देखाएर पीडितलाई मानसिक तनाव र दुःख हैरानी दिनुका साथै अनुचित लाभ लिनका लागि बारम्बार दबाब दिने गरेको साइबर ब्यूरोले अनुसन्धानबाट खुलेको जनाएको छ।

आफ्नो स्वार्थ पूरा नभएपछि निसादले ती अश्लिल भिडियो र तस्बिरहरू ह्वाट्सएप मार्फत पीडितका परिवारका सदस्यहरूलाई पठाई चरित्र हत्या गरेको प्रहरीले जनाएको छ। पीडितले दिएको निवेदनका आधारमा ब्यूरोको प्राविधिक टोलीले गरेको सुक्ष्म अनुसन्धान र विश्लेषणपछि उनलाई बुधबार काठमाडौंको टोखा नगरपालिका–७ बाट नियन्त्रणमा लिइएको हो।

साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीलेपक्राउ परेका निसादमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »

निवासमै पुगेर मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

कैलाली । ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निवासमै पुगेर कारबाही गरेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले

Read More »

तोलामै ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय

Read More »

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »