प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड

काठमाडौँ, २२ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले सेवा प्रवाहमा विलम्ब नगर्न अनुरोध गर्नुभयो । सेवा प्रवाहका क्रममा आवश्यक प्रविधिक सहयोग र उपकरणको उपयोग गर्न उहाँले सुझाउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन आजको आवश्यकता हो भन्नुभयो । मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तुल्याउन आफूहरू क्रियाशील रहेको बताउनुभयो । त्यस अवसरमा उपसचिवद्वय राजुप्रसाद गुरागाइँ र चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रलगायत १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो ।

‘नेपाली ब्रो’ र प्रेमिका प्रतिक्षालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतिक्षा आचार्यलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं

Read More »

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका

Read More »

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »