माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत आज लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखे । आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उनले उल्लेख गरे ।

अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठुलो दल बन्ने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर-दक्षिण करिडोर निर्माण, गरिब किसानका लागि रु ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गरे । उनले भने- ‘दोस्रो कार्यकालमा संविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।’

तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गरे । पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उनको भनाइ छ । यो अभियानले जनतालाई सत्य–तथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्‍याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो ।

‘नेपाली ब्रो’ र प्रेमिका प्रतिक्षालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतिक्षा आचार्यलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं

Read More »

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका

Read More »

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »