जापानीज इन्सेफ्लाइटिसबाट तीनको मृत्यु, नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

नवलपरासी, २३ भदौ । जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीेमा तीन जनाको मृत्यु नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विगत डेढमहिनाका अवधिमा उनीहरुको मृत्यु भएको हो ।

सङ्क्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानीज इन्सेफ्लाइटिस्बाट मृत्यु भएको हो । लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेङ्गीरोग सङ्क्रमण पुष्टि भइसकेको छ । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ । जापानीज इन्सेफ्लाइटिस् र डेङ्गीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेङ्गीको रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ । जापानीज इन्सेफलाइटिस् तथा डेङ्गी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता सङ्क्रमित जनावरलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने गर्दछ ।

एडिस एजिप्टी प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सङ्क्रमण फैलिन्छ निमित्त प्रमुख शर्माले भन्नुभयो । डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि सङ्क्रमितको मृत्यु हुनसक्छ । जापानीज सङ्क्रमण इन्सेफलाइटिस् व्यक्तिको मस्तिष्कमा हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिङटा लाग्ने बेहोस हुने, मृत्युसमेत हुनसक्छ डाक्टर होदाले भन्नुभयो ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »