बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैनः अध्यक्ष दाहाल

गोरखा, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताउनुभएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरगत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले भन्नुभयो, “स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म झण्डै रु ५० अर्ब जति खर्च भइसकेको छ ।”

आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि वालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिङ्गो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताउनुभयो । “चीनको एउटा टोलीले नेपाल आएर अध्ययनको काम समेत गरिसकेको छ,” उहाँले भन्नुभयो, “पालुङटारमा नै कृषि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ ।” एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा जनतामा निरासा बढेको अध्यक्ष दाहालको आरोप थियो ।

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका

Read More »

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »

निवासमै पुगेर मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

कैलाली । ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निवासमै पुगेर कारबाही गरेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले

Read More »