संसद् भवन अगाडि पुगेपछि प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज, अश्रुग्याँस प्रहार

काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।  प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेका हुन् । संसद् भवन घेरेर बोतलहरू प्रहार गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज सुरु गरेको छ ।

सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरूले सरकार बोल्न दे, देश लुट्न पाइँदैन, भ्रष्टाचार अन्त्य लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । त्यस्तै युवाहरूले देशका वीरगन्ज, पोखरा लगायत अन्य सहरहरूमा पनि प्रदर्शन गरेका छन् ।

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका

Read More »

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »

निवासमै पुगेर मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

कैलाली । ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निवासमै पुगेर कारबाही गरेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले

Read More »