जेनजी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु, नगरपालिका भवनमा आगो लगाइयो

विराटनगर । सुनसरीको इटहरीमा जेनजीहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए । उनीहरूमध्ये २ जनाको मृत्यु भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतका अनुसार उपचारको लागि अस्पताल ल्याइएका अन्दाजी २५ र ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो । प्रतिष्ठानमा उपचारका लागि लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषण गरेका हुन् । घटनाबारे प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । प्रजिअ मिश्रले घाइतेको मृत्यु भएको पुष्टि भइनसकेको बताए ।

इटहरीस्थित नगरपालिका कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि अपराह्न झडप भएको थियो ।झडपपछि प्रशासनले इटहरीमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए । त्यसक्रममा प्रहरीले गोली चलाएको हो । आन्दोलनकारीले नगरपालिकाका एउटा भवनमा आगो लगाएका छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »

निवासमै पुगेर मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

कैलाली । ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निवासमै पुगेर कारबाही गरेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले

Read More »

तोलामै ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय

Read More »

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »