कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं, २४ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिएका हुन् ।

सम्माननिय प्रधानमन्त्रीज्यु,

नेपाल सरकार

सिंहदरबार, काठमान्डौ।

विषयः राजिनामा पेश गरिएकोबारे।

उपर्युक्त सम्बन्धमा म रामनाथ अधिकारी नेपाली काँग्रेस धादिंग जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट यहाँको मन्त्रीमन्डलमा कृषी तथा पशुपंछी मन्त्रिको रुपमा ईमानदारीपुर्वक निष्ठाका ससाथ आम जनता र किसान दाजुभाईको हितमा समर्पित हुन पाएकोमा यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मैले प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।

आज मिति २०२८२ भाद्र २३ गते हाम्रो छोराछोरी/नातिनातिना पुस्ताले काठमांडौ र देशका विभिन्न स्थानमा देशमा व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथीको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तीपुर्ण विरोध गर्नु आम नागरिकको नैसर्गिक अधिकार भएको कुरा मनन गर्नुको बदला सरकारवाट ब्यापकरुपमा भएको दमन, हत्या र बलप्रयोगले हामी लोकतन्त्र तर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भई रहेको आभाष मिलि रहेको छ। स-साना कलिला छोराछोरीहरुको दमन गर्दै यो सरकारमा बसि रहन मेरो नैतिकता र मेरो दलले बोकेको बिचार र मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले मलाई चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसी रहन अपराधबोध भएकोले सम्पुर्ण देश र जनता समक्ष म समेत भएको सरकारले गरेको दमन प्रति क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति घोर आपत्ती जनाउँदै तत्कालै लागु हुने गरी यहाँ समक्ष राजिनामा पेश गरेको छु।

पटक-पटक युवापुस्ताले आन्दोलन गरि रहनुपर्ने र सत्तासिनहरुले सदैव असहिष्णुता देखाई दमन गरि रहने हाम्रो बिडम्बनाबाट मुलुकले चाँडै निकास पाओस्, जनताको जिवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथी लोकतन्त्रमा केही हुँदैन, हामी माननीय र सम्माननीय भन्दा हाम्रा जनता सार्वभौम हुन् भन्ने सामान्य चेतना हामीमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

जय नेपाल!

रामनाथ अधिकारी  

मन्त्री

कृषी तथा पशुपंक्षी मन्त्रालय

सिंहदरबार, काठमांडौ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका

Read More »

महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८

Read More »

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको

Read More »

निवासमै पुगेर मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

कैलाली । ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निवासमै पुगेर कारबाही गरेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले

Read More »

तोलामै ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय

Read More »

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »