काठमाडौँको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी

काठमाडौँ । जेनजी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाडौँ उपत्यकामा प्रहरीले ड्युटी लिन थालेको छ । भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी वृत्त र प्रभागहरुमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका थिए । प्रदर्शनकारीको आक्रमणमा परेका डीएसपी इन्चार्ज हुने वृत्तका प्रहरी कर्मचारीहरू नजिकको सैनिक ब्यारेकमा पुगेका थिए । सेनाले सुरक्षा कमाण्ड लिएर स्थिति नियन्त्रणमा आएपछि प्रहरी कर्मचारीहरू फिल्डमा फर्किएका हुन् । काठमाडौँको सडकमा ड्युटी लिन प्रहरी प्रधान कार्यालयबाट ३ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

एक जना उच्च प्रहरी अधिकृत भन्छन्, ‘काठमाडौँको सडकमा प्रहरी खटाउन थालेका छौँ ।’ काठमाडौँ उपत्यकामा रहेका वृत्त र प्रभागका प्रहरी कर्मचारीहरू अझै काममा फर्किन सकेका छैनन् । प्रदर्शनकारीले प्रहरी वृत्त थानकोट, दरबारमार्ग, सातदोबाटो र बानेश्वर लगायतका वृत्तमा आगजनी गरेका थिए । प्रहरीका अधिकांश कार्यालयहरू तोडफोड भएका छन् । भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको भवनमा प्रदर्शनकारीहरूले आक्रमण प्रयास गरेका थिए ।

२०८१ भदौमा उद्घाटन गरिएको सो भवनचाहिँ प्रहरी कर्मचारीले जोगाएका छन् । सशस्त्र प्रहरीको ट्रक कब्जा गरेर करिब २ सय मानिस ट्रक लिएर काठमाडौँ प्रहरीको भवन कब्जा गर्न गएका थिए । तर, सुरक्षा रणनीति प्रयोग गरेर भवन जोगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनले भने, ‘हामीले सुरक्षा रणनीति प्रयोग गरेर कार्यालय भवन जोगाएका छौँ ।’

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »

चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते

मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी

Read More »

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »