चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते

मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रवीन्द्र रावतमाथि चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ ।

चट्याङका कारण केही भेडाबाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि कति संख्यामा पशुचौपाया मरेका हुन् भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रंगबहादुर रोकायाले राति करिब ८ः३० बजे प्रहरी चौकी बड्कीमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »

चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते

मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी

Read More »

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »