वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, २६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिनुभएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्नेगरी संविधानिक व्यवस्थाबमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले ‘जेनजी’ आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »

चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते

मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी

Read More »

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »