कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेता छलफलमा, संसद बैठकका लागि आग्रह गर्ने

काठमाडौं, २६ भदौ । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे प्रतिनिधिसभाका युवा नेताहरूले संयुक्त छलफल थालेका छन्। संविधानविरोधी गतिविधि बढ्दै गएको भन्दै संसद बैठक आह्वान गर्ने तयारी स्वरूप छलफल अघि बढाइएको माओवादी सांसद राजन दाहालले जानकारी दिएका छन्।

उनले भने, “अहिले देश अफ्ठेरोमा छ। त्यसैले निकास दिनका लागि युवा नेताहरूले अग्रसर हुनुपर्छ भनेर छलफल थालेका हौँ। जेनजी आन्दोलन चलिरहेको बेलामा शीर्ष नेताहरूको विज्ञप्ति भन्दा हाम्रो पहल बढी प्रभावकारी हुन्छ भनेर हामी जुटेका हौँ।”

संयुक्त छलफलमा कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीका माधव सापकोटा र राजन दाहाल तथा रास्वपाका शिशिर खनाल सहभागी रहेको बताइएको छ। उनीहरूले संसद बैठक आह्वानका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गर्ने बुझिएको छ ।

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »

चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते

मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी

Read More »

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »