शोकलाई शक्तिमा बदल्दै संविधानको संरक्षण गर्दै अगाडि बढ्नुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं, ३ असोज । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेकी छन् । शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहेपनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताइन् ।

‘यतिबेला हामी शोकको घडिमा छौँ,’ उनले भनिन्, ‘तर हामी एकताबद्ध भएर अझै दरो एकताका साथ अगाडि बढ्ने हो भने शोकलाई शक्तिमा बदल्न सक्छौँ ।’ शाक्यले अहिलेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधार भएको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयनमै देशको भविष्य रहेको बताइन् ।

‘हामी अत्तालिन जरुरी छैन, निराश हुन पनि जरुरी छैन,’ उनले भनिन्, ‘संविधान छ, संघीय लोकतान्त्रिक गणतन्त्र छ, समाजवादको लक्ष्य बोकेको संविधान छ ।’ उनले वर्तमान राजनीतिक संरचनामध्ये राष्ट्रपति, उपराष्ट्रपति, प्रदेशसभा र स्थानीय सरकार कायम रहेको स्मरण गराउँदै प्रतिनिधिसभा विघटन नभएको भए अझ राम्रो हुने धारणा पनि राखिन् ।

शाक्यले संविधानलाई समयअनुकूल परिमार्जन गर्न सकिने सम्भावनाको संकेत पनि दिँदै भनिन्, ‘संविधानलाई आत्मसाथ गरेर नयाँ नेपालको लागि अगाडि बढ्न जरुरी छ । संविधान परिस्थिति अनुकूल परिमार्जन गरेर पनि सबैको सरसल्लाहमा अघि बढ्न सकिन्छ ।’

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »

चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते

मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी

Read More »

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »