एमालेभित्र कुनै पनि किसिमको विग्रह हुन दिने छैनौँ : ईश्वर पोखरेल

काठमाडौं, ३ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र कुनै पनि किसिमको विग्रह हुन नदिने बताएका छन् । संविधान दिवसका अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीमा विभाजन वा अविश्वासको कुनै ठाउँ नहुने स्पष्ट पारे ।

“एमालेले अहिले केही नोक्सानी बेहोरेको छ, तर हामी धुलो टक्टक्याएर फेरि उठ्छौँ ।  कमजोरीहरू सच्याएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउँछौँ,” पोखरेलले भने । उनले एमाले असंख्य अग्रज र शहीदको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको भन्दै यसलाई अरू कसैले हल्लाउन नसक्ने जिकिर गरे ।

साथै, सामाजिक एकता र सद्भाव खल्बल्याउन खोज्ने तत्वलाई पराजित गर्ने चेतावनी पनि दिए । पोखरेलले नेपाल बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक देश भएको भन्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता

Read More »

चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते

मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी

Read More »

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

लाख रुपैयाँसम्म उपचार खर्च प्रतिपूर्ति हुने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। यस सुविधाको उपयोग गर्न अस्पतालमा रहेको सामाजिक सुरक्षा कोष तथा सञ्चय कोष सहायता

Read More »

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको

Read More »

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी

Read More »

सार्वजनिक यातायातको भाडा घटाउने तयारी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा हालै गरिएको कटौतीपछि सार्वजनिक यातायातको भाडादर घटाउने तयारी थालिएको छ। सम्बन्धित निकायले वैज्ञानिक भाडा निर्धारण प्रणालीका आधारमा नयाँ भाडादर तय

Read More »