जनकपुरधाममा छठ पर्वको तयारी सुरु

धनुषा । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराइमा छठको छुट्टै महत्त्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा.भोगेन्द्र झाले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गासागर, धनुषसागर, अरगजा, महरासागर, रत्नसागर, गोरधोइ, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी, मटकोरबा पोखरी, दूधमतीघाटलगायत पोखरी, नदी र तालको सरसफाइसँगै सजाउने काममा स्थानीयको सक्रियता बढेको उनले जानकारी दिए । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा घुइँचो देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक सामानको मूल्य वृद्धि भएको स्थानीय रुकमिनी साहले बताइन् । यस वर्ष कात्तिक १० गते (सोमबार) षष्ठी तिथिमा विधिपूर्वक साँझको सूर्यलाई अघ्र्य दिने दिन भए पनि यसको मुख्य विधि तीन वटा रहेको पण्डित कुशेश्वर उपाध्यायले जानकारी दिए ।

‘अहिले गाउँ गाउँ, घरघरमा छठ पर्वका गीत गुञ्जिन थालेका छन् । सूर्यषष्ठी अर्थात् छठ पर्व प्रारम्भ हुनेछ । छठको पहिलो दिन बर्तालुले नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपबास बस्ने गर्दछन्’, उनले भने । सोही दिनको बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित उपाध्यायले जानकारी दिए । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बस्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समाप्त हुने उनले बताए । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भनेर श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजारमा समान किन्ने र ताल, पोखरी सहजाउनेको घुइँचो देखिन थालेको छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेकाले यो पर्वको महत्त्व रहेको पण्डित अमरकान्त झाले बताए । ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशिमा पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावकारी हुने भएकाले मानवका लागि फलकारी मानिएको बाबा विभाष लाभले जानकारी दिए । छठ पर्वको मुख्य प्रसादका रूपमा ठकुवा, भुसवा, केरा, फलफूल, मीठाइ, अदुवा, माटोबाट बनेका हात्ती, कुर्वार, दियो, घैटो, उखुलगायत बाँसबाट बनेका अन्य सामग्री आवश्यक पर्ने उनले बताए । यसैबिच, छठ पर्वका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बताए । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।

चार दिनसम्म मनाइने यो पर्वमा ब्रतालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुरलगायत खाद्यान्न परित्याग गरी व्रत बस्ने गर्दछन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटल शौभाग्य र इच्छा पूरा भएपछि सोही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । छठ पर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्त्व राख्ने जनाउँदै जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने भएकाले यसलाई विशेष पर्वका रूपमा मनाउने गरिएको छठका जानकार रोशन जनकपुरीले बताए । त्यस्तै राजर्षीजनक विश्वविद्यालयका रजिस्ट्रार एवं जानकार सत्यनारायण साहले भने, ‘भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छन् । मानव र प्रकृतिको प्रेम झल्काउन पनि छठ पर्वको महत्त्व छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »