१७ बालबालिकासहित १९ जनालाई बन्धक बनाउने युट्युबरको प्रहरी इन्काउन्टरमा मृत्यु

मुम्बई । मुम्बईको पवई इलाकास्थित एक स्टुडियोमा बालबालिकालाई बन्धक बनाउने युट्युबर प्रहरीको इन्काउन्टरमा मारिएका छन् । बिहीबार दिउँसो स्थानीय समयअनुसार बिहीबार पौने २ बजे युट्युबर रोहित आर्याले १७ बालबालिका, एक ज्येष्ठ नागरिक र एक व्यक्तिसहित १९ जनालाई बन्धक बनाएका थिए । प्रहरी र विशेष कमान्डोको टोलीले एक घण्टा लामो अपरेसनपछि सबै बन्धकलाई सुरक्षित उद्धार गरेको थियो । गोली लागेर घाइते भएका आरोपीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार घटनास्थलबाट एक एयर गन र केही रसायन पनि बरामद भएको छ । यद्यपि, आरोपी रोहितले‍ बन्धक बनाउनुको उद्देश्य अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले आरोपी मानसिक रूपमा अस्थिर देखिएको बताएको छ ।

प्रहरीका अनुसार आरोपीले अडिसनका लागि १०० भन्दा बढी बालबालिकालाई स्टुडियोमा बोलाएका थिए । रा नाम गरेको उक्त स्टुडियोको पहिलो तल्लामा अभिनय कक्षाहरू सञ्चालन हुँदै आएका थिए, जहाँ बालबालिकाहरूलाई बन्धक बनाइएको थियो ।

घटना क्रममा बालबालिकाहरू स्टुडियोका झ्यालहरूबाट बाहिर हेरिरहेका देखिएको थियो । खबर पाएलगत्तै बालबालिकाका अभिभावकहरू पनि घटनास्थलमा पुगेका थिए । आरोपी रोहितको एउटा भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा उनी ‘मलाई केही प्रश्न सोध्नु छ’ भनिरहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »