सशस्त्र प्रहरीको छापा, घरभित्र लुकाइएका १२४ बोरा डिएपी मल बरामद

कपिलवस्तु, १४ कात्तिक । सशस्त्र प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ अनहराटस्थित एक घरमा छापा मार्दै अवैधरूपमा लुकाइराखिएको १ सय २४ बोरा डिएपी रासायनिक मल बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार बिहीबार दिउँसो सुराकीका आधारमा सशस्त्र प्रहरी बल नं. २८ गणबाट खटिएको टोलीले फुलचन्द्र यादवको घरमा छापा मारेको हो । सहायक प्रहरी निरीक्षक धनञ्जय केसीको कमाण्डमा १९ जना सशस्त्र प्रहरी खटिएका थिए ।

बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  स्थानीय किसानहरूले मल कसरी यादवको घरमा पुग्यो भन्ने विषयमा गहिरो अनुसन्धान गर्न माग गरेका छन् । मल कृषि सामग्री कम्पनीबाट सहकारीमार्फत किसानका नाममा आएको भए पनि सहकारीहरूले कोटाभन्दा बढी रकम असुली गरी बेचबिखन गरेको किसानहरूको आरोप छ ।

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी बस

Read More »

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »