उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

काठमाडौं, १६ कात्तिक । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ ।

संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगबीच लामो समयदेखि समाधानविहीन बनेको छ । सरकार परिवर्तनसँगै पटकपटक विवाद बल्झँदा समग्र निजी क्षेत्रलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने वातावरण बनेको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ ।”

संगठनका अनुसार, उद्योगहरूमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश गएको छ । उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक व्याज भुक्तानी र बजार सञ्जालमा गम्भीर असर परेको छ ।

मोरङ उद्योग संगठनले नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीचको त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी विद्युत् आपूर्ति पुनः सुचारु गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “उद्योग–कलकारखाना बन्द हुँदा सिर्जना हुने जटिलतालाई आत्मसात् गर्दै अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गर्दछौँ ।”

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »