बस दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

बाजुरा । शनिबार बस दुर्घटनामा परी घाइते भएका बस सहचालकको मृत्यु भएको छ । मार्तडी कोल्टी सडकमा पर्ने बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा घाइते भएका बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।

घाइते जोशीको अवस्था जटिल भएपछि थप उपचारका लागि धनगढी पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा शनिबार राति १०ः ०० बजे मृत्यु भएको प्रहरीको भनाइ छ । बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

घाइतेलाई शनिबार राति नै एम्बुलेन्स र जिपमार्फत धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बूढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीया लक्ष्मी मल्ललाई थप उपचारका लागि पठाइएको सूचना अधिकारी गिरीले बताए ।

यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उहाँकी छोरी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको छ । कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडि गएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस दुर्घटनापछि चालक फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »