‘यूथ भोलेन्टियर्स फोर्स’ले प्रहरी प्रशासनको मनोबल उठाउँछ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘यूथ भोलेन्टियर्स फोर्स’ले जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने बताएका छन् ।

भक्तपुरमा आइतबार फोर्सको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । बस्नेतले जेनजी आन्दोलनका क्रममा रास्वपाका रवि लामिछाने प्रधानमन्त्री बन्ने लोभमा त्यही पार्टीका नेताहरू हरि ढकाल, मनिष झा र ज्वाला सङ्ग्रौलाहरूले जेल तोड्ने अभियान चलाएर समाजमा आतङ्क मच्चाउन सहयोग पुर्‍याएको दाबी गरे ।

‘त्यो दौरानमा १४ हजार कैदी भगाइँयो, १२ सय हतियारहरू अहिले फिर्ता भएका छैनन्, लाखौँ गोली लुटिएका तथा प्रहरीका बर्दीहरू खोसिएको र चौकी आक्रमण भएका छन्’, बस्नेतले भने, ‘आज हाम्रो प्रहरी निरीह छ ।’

उनले कोही असुरक्षित व्यक्तिले प्रहरीलाई सूचना गर्दा कसैले जेनजीलाई भन्नु भन्ने र कोहीले हामीसँग केही पनि छैन भन्नुपर्ने अवस्था आएको बताए । बस्नेतले भने, ‘प्रहरीको मनोबल गिराउन बाले शाहका गलत हर्कत गर्ने टिमको प्रतिरोध गर्दै यूथ भोलेन्टियर्स फोर्सले नेपाल प्रहरी र प्रशासनको मनोबल उठाउने कुरामा भूमिका खेल्छ ।’

उनले यो फोर्स नर्मल स्वयंसेवक नभएको भन्दै कालापानी र लिम्पियाधुरा समेत पुग्ने भन्दै लुटेराहरुलाई समातेर प्रहरीलाई बुझाउने बताए । ‘परिआए ट्याक्टरको पछाडि बाँधेर भएपनि यसले प्रहरीलाई पुर्याउँछ’, बस्नेतले भने ‘प्राकृतिक विपत्तिमा पनि यसले सहयोग गर्छ ।’ फोर्स एमाले निकट युवा संघको स्वयंसेवक दस्ता हो ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »