जेनजी आन्दोलन : उच्छृङ्खल गतिविधि गर्ने ३३५ जना पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर उच्छृङ्खल गतिविधि गर्ने तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परे । दावाको समूहले बुलेट मोटरसाइकल पड्काउँदै बिजुलीबजारबाट भिडलाई उत्तेजित बनाएका थिए । लामाले जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको विवरण फेला नपरेपछि प्रहरीले उनीमाथि नागरिकताबारे पनि अनुसन्धान गरिरहेको छ । बौद्ध बस्दै आएका तेन्जिङ दावा लामाले महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिबार भएको हुनाले कसरी जन्मदर्ता भयो भन्नेबारे प्रश्न उठेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–६ मा पनि उनले नागरिकताको सिफारिस लिएको भेटिएको छैन ।

तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौँको बिजुलीबजार स्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुटेजमा देखिन्छ । उनीहरू सबैको ज्याकेटमा टीओबी लेखिएको थियो । टीओबीको अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हुन्छ । तेन्जिङले टीओबी बाइकर्स समूह भएको र आफूहरू तिब्बतियन मूलको नेपाली भएको बताएका छन् । प्रहरीको बयानमा उनले भनेका छन्, ‘म आधा तिब्बतियन हुँ ।’

बुढानीलकण्ठ स्थित शेर बहादुर देउवाको घरबाट बुद्धको मूर्ति र शङ्ख चोरेको आरोपमा विजय लामा पक्राउ परे । २९ वर्षीय लामा चितवनको कालिका नगरपालिका–६ टाँडीका स्थानीय हुन् । भदौ २४ मा देउवा दम्पतीमाथि आक्रमण हुँदा त्यहाँ पुगेका लामाले मूर्ति र शङ्ख चोरेर मागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शङ्ख बरामद गरेको छ । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्ज र कोटेश्वरमा ३ जना प्रहरीले ज्यान गुमाए । महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । कोटेश्वरमा प्रहरीको हत्या गर्ने एकजना पक्राउ परेका छन् ।

महाराजगञ्जमा प्रहरीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ , सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ, रामेछाप घर भएका १६ वर्षीय दीपक मगर काठमाडौँ प्रहरीको हिरासतमा छन् । महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागी कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् । कोटेश्वरमा प्रहरीलाई हत्या गरेको आरोपमा कैलाली घर भएका १९ वर्षीय अनुपम भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भदौ २३ मा भएको जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएपछि भोलिपल्ट उच्छृङ्खल गतिविधि गर्नेहरूले आगजनी र तोडफोड गरे । उपत्यका र उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक र निजी भवनमा आगजनी तथा तोडफोड गरिएको थियो । प्रदर्शनको आवरणमा भदौ २४ मा संसद् भवनमा आगजनी गर्ने र प्रहरीको हतियार लुट्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । देशभरबाट अहिलेसम्म ३३५ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले रातोपाटीलाई बताए । उनले भने, ‘देशभरका २० जिल्लामा आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले काठमाडौँ उपत्यका, धनुषा, पर्सा, बारा, चितवन, धादिङ, काभ्रे, पर्वत, म्याग्दी, कास्की र बाँकेमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

  • ६ वटा मुद्दा

पक्राउ परेकाहरूमाथि प्रहरीले ६ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । देशभर १२९ वटा जाहेरी दर्ता गरेर ६ वटा मुद्दामा अनुसन्धान भइरहेको डीआईजी घिमिरेले जानकारी दिए । आगजनी, लुट र हत्यामा संलग्नहरूलाई प्रहरीले आपराधिक उपद्रव, कर्तव्य ज्यान, अभद्र व्यवहार, चोरी, हातहतियार र कारागार ऐन–२०७९ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । कारागारबाट कैदी भगाउनेलाई कारागार ऐन अनुसार कानुनी कारबाही हुने व्यवस्था छ ।

काठमाडौँ जिल्लामा प्रहरीले १३० जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएका मध्ये ७० जनालाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘५४ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ ।’ काठमाडौँ जिल्लाबाट मात्रै प्रहरीबाट लुटिएको २३ थान हतियार बरामद गरिएको छ । हतियार लुटपाटमा संलग्न २३ जना पक्राउ परेका छन् । काठमाडौँबाट ७४ जना फरार कैदीलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाइएको एसएसपी थापाले बताए ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »