रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ । प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो । बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखमा जिम्मेवारी दिइएको छ । अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा संलग्न रहेका छन् ।

त्यस्तै, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य बनाइएको छ । भट्टराई पूर्व नेपाल स्काउट निर्देशक हुन् भने शाक्य जनस्वास्थ्य विज्ञका रूपमा चिनिन्छन् । सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख र तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्यको जिम्मेवारी दिइएको छ । पौडेल ह्वाइट हाउस कलेजका प्राचार्य हुन् ।

त्यस्तै, बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभाग उपप्रमुख बनेका छन् । श्रेष्ठ व्यवस्थापन विज्ञ हुन् र संयुक्त राष्ट्रसंघ नेपालमा लामो समय कार्यरत थिए । पार्थीवेन्द्र उपाध्याय, मनिराम घिमिरे, र ज्ञानु पौडेल पनि केन्द्रीय शिक्षा र महिला विभागमा सदस्यका रूपमा नियुक्त भएका छन् । पूर्व लुम्बिनी प्रदेश मन्त्री कल्पना पाण्डे र सामाजिक नेतृ ज्ञानु पौडेल केन्द्रीय महिला विभाग सदस्यका रूपमा चयन भएका छन् ।

प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ । त्यस्तै, प्रमिला कुमारी सिंह नीति विचार विभाग सदस्यका रूपमा जिम्मेवारी पाएकी छन् । सिंहले नेपालका विभिन्न विकास परियोजनामा लामो समय काम गर्ने अनुभव प्राप्त गरेकी छिन् ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »