चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका–८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र  कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका  ४९ वर्षीय परमानन्द महतो (प्रेम महतो) छन् ।

 ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको टोलीले आइतबार राति करिब साढे ८ बजेतिर दुई जनालाई  मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, उनीहरू मधेस प्रदेश ०५–००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरका दुई मोटरसाइकलमा आएका थिए र स्थानीयहरूसँग सवारी बिक्रीको लागि कुरा गरिरहेका थिए। शङ्का लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिकै दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरले पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »