सर्वोच्चको आदेशले पद जोगिएका राजदूतले गरे राष्ट्रपतिलाई स्वागत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार  कतार भ्रमणमा पुग्दा कतारका लागि नेपाली रमेशचन्द्र पौडेलले स्वागत गरेका छन् । पौडेल उनै हुन्, जसलाई सुशीला कार्की नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, एक दिन अघिमात्रै सर्वोच्च अदालतले उनीसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अधिवक्ताहरू प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले दायर गरेको रिटमा न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । उक्त आदेशसँगै राजदूत पौडेलले पौडेललाई दोहामा स्वागतको अवसर पाएका हुन् । यदि सर्वोच्चले आइतबार सर्वोच्चले उक्त आदेश नदिएको भए उनले राजदूतको हैसियतमा स्वागतको अवसर पाउँदैनथे । राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका हुन् । राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पौडेलसहित कतारका विदेश मन्त्रालयका उच्चपदस्थ पदाधिकारीले समेत  स्वागत  गरेका थिए ।

राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »