कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

कनकाई, १८ कात्तिक । झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छित गतिविधिका रोक्न नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको हो ।

नेकपा (एमाले) जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा नेता विनोद राना संयोजक र अर्का युवा नेता दीपक चापागाईं सहसंयोजक रहने गरी नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको हो ।

जेनजीका नाममा भएको आन्दोलनमा एमालेका धेरैजसो नेता तथा कार्यकर्ताहरु साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको घरमा भएको तोडफोड र आगजनीप्रति पार्टीले खेद प्रकट गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको नवगठित सुरक्षा दस्ताका संयोजक रानाले जानकारी दिए ।

समाजमा फैलिएको अराजक गतिविधि एवं विकृति विसंगतिका विरुद्ध एमालेका नेता तथा कार्यकर्ता, शुभचिन्तक तथा आम कनकाईबासीको सुरक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको जनाउँदै नवगठित सुरक्षा दस्ताका सहसंयोजक चापागाईँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सतर्क रहन अनुरोध गरे ।

एमाले जिल्ला कमिटी झापाका सदस्य एवं सुरक्षा दस्ताका संयोजक विनोद राणाको अध्यक्षता एवं जिल्ला कमिटी झापाका उपाध्यक्ष शिव ढुंगेलको प्रमुख आतिथ्य रहेको नगर कमिटीको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आन्दोलनका विषयमा भएका गतिविधिको जानकारी गराएका थिए ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »