टेकु अस्पतालको सेवा विस्तार र शैक्षिक कार्यक्रम चलाउने लक्ष्य छ : निर्देशक डा. बसौला

काठमाडौं, १० माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)का निर्देशक डा युवानिधी बसौलाले आफूले सेवा विस्तार र शैक्षिक कार्यक्रम चलाउने लक्ष्य लिएको जानकारी दिएका छन् ।


अस्पतालले ९०औँ वार्षिकोत्सव मनाउने क्रममा उनले अस्पतालको गुणस्तरीय सेवा विस्तार र शैक्षिक कार्यक्रम चलाउने लक्ष्य लिएको जानकारी दिएका हुन् ।


एचआईभीको औषधिदेखि सर्पदंश, कोभिड, रेविजलगायतका औषधिसहित स्वास्थ्य सेवा दिँदै आएको अस्पतालको गुणस्तरीय सेवा प्रदान र विस्तारमा ध्यान दिने उनको भनाइ छ ।


टेकुमा निर्देशक बनेर आएको दुई महिनामात्र पुगेको जानकारी दिँदै उनले गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिने बताए ।
शैक्षिक कार्यक्रमअनुसार स्टाफ नर्ससहितको कक्षा सञ्चालन गर्ने, विदेश जाने नेपालीलाई एउटै केन्द्रबाट भ्याक्सिन लगाउनेगरी काम गरिने जानकारी दिएका उनले औषधि उपलब्ध गराउने विषयमा पनि ध्यान दिएको जानकारी दिए ।


साथै गुरुयोजनाअनुसार ३०० बेडको सरुवारोग अस्पताल बनाउन शिलान्न्यास गरेर चाँडै निर्माण सम्पन्न गर्ने पनि लक्ष्य लिइएको उनको भनाइ छ ।

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ

Read More »

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »