जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरीतको एकता स्वीर्कान सकेनौँ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबिच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधि पद्धति लागू गर्ने, पार्टीलाई समग्र रूपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताए ।

उनले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेनजी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने कोसिसहरू पार्टीभित्र असफल भएको बताए । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाए । सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी एकताको नाटक गरिएको उनको भनाई छ ।

उनले भने,‘विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने, पार्टीलाई पारदर्शी बनाउने, पार्टीलाई सुशासनको पक्षमा र जनतातिर जवाफदेही बनाउने, पार्टीभित्र विधि पद्धति लागू गर्ने, पार्टीलाई समग्र रूपले पुनःगठन गरेर, पुनर्संरचना गरेर अगाडी बढाउने भनेर बहस गर्दै आएको कुरा यहाँहरूलाई जानकारी नै छ । पछिल्लो समयसम्म आइपुग्दा जेनजी आन्दोलनले पनि स्पष्ट गरिसक्यो पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारका कुरा त्यसकै कै जगमा जेनजी विद्रोह भयो । त्यसले पनि स्पष्ट गरिसकेको छ ।

यो अर्थात् कुरालाई रूपान्तरण गर्ने हाम्रा कोसिसहरू पार्टीभित्र सफल भएनन् । आज झन् अझ भद्रगोल बनाएर, अझ विधिविहीन बनाएर, अझ सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी जो एकताको नाटक गरिएको छ । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरीत जे एकता भइरहेको छ, त्यसको प्रति हामी सहमति हुन सकेनौँ ।’ उनले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरू भइरहेको बताए ।

आफ्नो गाडीको कालो सिसा हटाइदिनु भन्दै गृहमन्त्री आफैं पुगे ट्राफिक प्रहरी कार्यालय

काठमाडौं : ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र

Read More »

इरान र अमेरिका आक्रमण रोक्न सहमत

काठमाडौं : एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक

Read More »

भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

Read More »

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

विराटनगर: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले

Read More »

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »