पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

काठमाडौँ, १ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ । आयोगमा हालै एकताको घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र एकता घोषणा गर्ने क्रममा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लगायत एक दर्जन राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यतालिकाअनुसार आजदेखि यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको अवधि तोकिएकामा पहिलो दिनमै उत्साहजनक रूपमा दल दर्ता कार्य अगाडि बढेको बताउनुभयो । आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका गर्न आयोग परिसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो जमघटले सबै राजनीतिक दल निर्वाचनमा भाग लिन आतुर रहेको देखिएको छ ।

आयोगका अनुसार आगामी निर्वाचनमा भाग लिन देश विकासका सन्ध्या खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का राजप्रसाद थपलिया, देशभक्त समाजका द्रोण अधिकारी, नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लिमा अधिकारी र आमजनता पार्टीका रवीन्द्र सिंहले आज दल दर्ताका लागि निवेदन दिनुभएको छ ।

यस्तै, मङ्गोल नेशनल अर्गनाइजेशनका सन्तोष तामाङ, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टीका सरस्वतीकुमारी झा, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे र नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामीले आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गर्नुभएको छ । यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन पेस गरेको आयोगले जनाएको छ ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »