राजेन्द्र महतो निर्वाचनमा सहभागी हुने

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले नेपाल आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । 

उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा सङ्गठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि चुनावमा जाने निर्णय गरेको सो पाटीका प्रवक्ता रविन्द्र कुमार श्रेष्ठले बताए ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी क्रान्तिले खोलेको शक्ति शून्यतालाई स्वदेशवादी वैकल्पिक शक्तिको रूपमा परिणत गर्ने यो हाम्रो ऐतिहासिक दायित्व हो । त्यसैले राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने प्रयोजनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।’

आफूहरूको लक्ष्य केवल सत्तामा पुग्ने होइन, बरु चुनावपछि औपनिवेशिक मानसिकता, एकल राष्ट्रियता र भ्रष्ट संरचनालाई विस्थापन गरी आफ्नाे सभ्यता, बहुल सांस्कृतिक पहिचानमा आधारित सङ्घीय संरचना, सुशासन र आर्थिक समृद्धिको नयाँ मोडल स्थापना गर्ने दाबी विज्ञप्तिमा गरिएको छ ।

बैठकले पार्टीका जिल्ला समितिहरूलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय समेत गरेको छ । पार्टीले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसका लागि चुनावी रणनीति कार्यदललाई जिम्मेवारी तोकेको छ ।

बैठकले विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्नका लागि विभिन्न पार्टीहरूसँग छलफल गरी चाँडै टुंगाे लगाउन निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनको लागि दल दर्ता पनि गर्ने निर्णय गर्दै सो पार्टीले अन्य पार्टी र मोर्चाहरूसँग चुनावी तालमेल पनि गर्ने निर्णय गरेको छ ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »